गैडाकोटका ५ सय घर डुबानमा

 तस्बिर : नारायण शर्मा, नवलपरासी ।

असार २८, २०७७ | नवलपरासी

नवलपरासीको गैडाकोट नगरपालिकाका तिनवटा वडा डुबानमा परेका छन । ३ दिनसम्म परेको झरीले गैडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबेका छन् । त्यहाँ २ मिटर सम्म पानी जमेको छ । 

त्यसक्षेत्रमा आकाशवाट परेको पानीले निकास नपाउँदा ४ सय ९३ घर डुबानमा परेका छन । त्यस क्षेत्रमा लगाइएको धान र मकैवाली पनि डुबेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले बाढिले निकास नपाउँदा करिब ५ सय घर डुबानमा परेको बताउनुभयो । 

अहिले डोजर लगाएर पानीको निकास निर्माणको काम सुरुभएको छ । प्लटिंग गरेका घर घडेरीमा पानीकालागि नाला नबनाइएको र समथर भूभाग भएका कारण बाढीले निकास नपाउँदा समस्या देखिएको हो । 


प्रतिक्रिया