इन्द्रावतीमा ३ जना बेपत्ता

असार २८, २०७७ | काभ्रे

काभ्रेको मण्डनदेउपुर–१० मा इन्द्रावती नदीले बगाउँदा ३ जना वेपत्ता भएका छन् । १३ बर्षीय अभिषेक नेपाली, ४६ बर्षका सम्फु माझी र ३० बर्षका चन्द्रबहादुर तामाङ हराइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । 

सशस्त्र प्रहरी बल (एपिएफ) को गोताखोर सहितको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । ४ जना साथीसहित गएका उनीहरुलाई भङ्गालो तर्ने क्रममा नदीले बगाएको वडा अध्यक्ष विष्णुमणि नेपालले बताउनुभयो । इन्द्रावती गाउँपालिकास्थित रयालेमा खेती गरेर फर्किदै गर्दा बाढीले बगाएको प्रहरीले जनाएको छ । 

हल्देटारका तामाङको खोलापारी रहेको होटलबाट घर फर्कने क्रममा बगाएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया