संखुवासभाको सिसुवामा पहिरोले ८ घर बगायो, ११ जना वेपत्ता

 तस्बिर : दीपेन्द्र शाक्य, संखुवासभा ।

असार २८, २०७७ | संखुवासभा

संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरोले ८ घर बगाएको छ । ११ जना सम्पर्कबिहीन भएका छन् । ४ जनालाई स्थानीयले जिवितै उद्धार गरेका छन् । 

प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार राममान राई, हस्तीकुमारी, एन्जीला, नम्रता, गोरीमाया, प्रकृति, जुद्धबहादुर उत्तरकुमारी, नरमाया, हर्कधन र आईतमाया राई हराईरहेका छन् । 

स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाईते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया र भीमबहादुर राईलाई सकुसल उद्धार गरेका छन् । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको रहेका उद्धारमा समस्या भएको छ । 

दमका विरामी मदन राईको हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । बर्षाका कारण बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।  


प्रतिक्रिया