गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना सक्रमण

असार २८, २०७७ | पोखरा

गण्डकी प्रदेशका बिभिन्न जिल्लामा आज थप १५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय प्रदेशका ७ जिल्लामा सक्रमित भेटिएका हुन् । 

आज तनहुका ६, पर्वत, बाग्लुङ र लम्जुङका २–२ तथा नवलपुर, गोरखा र स्याङजामा एक एक जनामा सक्रमण देखिएको हो । योसंगै प्रदेशमा कुल सक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.बिनोदबिन्दु शर्माका अनुसार सक्रमितहरुलाई आ-आफ्नो जिल्लामा रहेका आईसोलेशनमा लैजाने तयारी भईरहेको छ । 

सो प्रदेशमा सक्रमितमध्ये ७ सय ३६ जना स्वास्थ्य लाभ पछि घर फर्किसकेका छन् ।    


प्रतिक्रिया