थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

तस्बिर : रोयटर्स 

असार २८, २०७७ | काठमाडौं

पछिल्लो समय सरकारले पीसीआर परिक्षण घटाएसँगै कोरोना संक्रमितको दर पनि घटेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले धनुषामा १९, सुर्खेतमा ११, कालीकोटमा ७, तनहुँमा ६, काठमाडौंमा ५, चितवनमा ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

 यस्तै मोरङ, बागलुङ, लमजुङ, पर्वत, रुकुम पश्चिम, डडेलधुरा र कैलालीमा २/२ जना, झापा, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर, सोलुखुम्बु, मकवापनुर, सिन्धुली, पूर्वी नवलपरासी, स्याङ्जा, गोरखा, गुल्मी, पाल्पा, दैलेख, बझाङ, र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको गौतमले बताउनुभयो । योसँगै मुलुकभर संक्रमितको संङ्ख्या १६ हजार ८ सय १ पुगेको छ । 

गौतमका अनुसार गएको २४ घन्टामा ३ हजार ९ सय १६ पीसीआर परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा ८२ जनामा संक्रमण पुष्टि हुँदा १ सय ४७ जना कोरोना मुक्त भएर घर फर्किएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । हालसम्म ८ हजार ५ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । 


प्रतिक्रिया