नेपालमा सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि

असार २९, २०७७ | काठमाडौं

नेपालमा सोमबार थप १ सय ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ४४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । 

हालसम्म क्वारेन्टिनमा रहनेको संख्या २३ हजार ४ सय ७० रहेको छ भने आइसोलेशनमा रहनेको संख्या ६ हजार ६ सय १३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । 


प्रतिक्रिया