सिद्धार्थ राजमार्गमा पुन: पहिरो, दाउन्नेमा पनि पहिरो झर्‍यो

 दाउन्नेमा झरेको पहिरो । तस्बिर : नवीन पौडेल, परासी ।

असार ३०, २०७७ | काठमाडौं

अविरल झरीले नवलपरासीको दाउन्नेमा पहिरो खस्दा आज विहान ४ बजेबाट महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । त्यहाँ रुख ढलेर २ वटा गाडि च्यापिएका छन् । मानवीय क्षती भने भएको छैन । रुख ढलेर ट्रक र एउटा स्र्कापियो गाडि च्यापिएका हुन् । 

सई प्रेम श्रेष्ठका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने डोजर बोलाइएको छ । मसिनो झरी परिरहेकाले पहिरो खस्ने क्रम बढ्दो छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरे नजिकै पनि बिहान पहिरो खसेको छ । सडक चौडा गर्ने क्रममा घुम्ती कटान गरेको स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने प्रयास जारी छ ।

तिनाउकै दोभान बजार नजिकै हिजो बेलुकी खसेको पहिरो पन्छाउन नसक्दा सडक अझै अवरुद्ध छ । दोभान बजारदेखि सय मिटर नजिकै पहिरो खसेको छ भने पहिरोसंगै बिजुलीको पोल समेत ढलेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताउनुभयो । झण्डै ५० मिटर माथिदेखि पहिरो खसेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाकै लहसुनेबाट खोकखोला जाने सडकमा पनि ठूलो पहिरो खसेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार झण्डै सय मिटर लम्बाई र ५० मिटर जति चौडाइमा पहिरो खसेपछि चार दिनदेखि सवारी साधन चल्न सकेको छैन । 


प्रतिक्रिया