उद्धार उडान पुन: शुरु

असार ३१, २०७७ | काठमाडौं

दुई दिन स्थगित भएको उद्धार उडान आज पुन: सुरु हुँदैछ । कोभिड १९ संक्रमणका कारण उडान हुन नसक्दा विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज चार वटा उद्धार उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

आजै चीनबाट २ वटा कार्गाे उडान हुनेछ । सिंगापुरबाट सिल्क एयर, क्वालालम्पुरबाट मलेसियन एयरलाइन्स, कतारबाट कतार एयरलाइन्स र अरब एयरले नेपालीलाई काठमाडौं ल्याउनेछन् । 

साउन ६ गतेसम्मका लागि ४२ वटा उद्धार उडान गर्न सरकारले अनुमती दिएको छ । गत चैत्र देखि अन्तर्राष्ट्रिय उडान माथि प्रतिबन्ध लगाएका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश फिर्तीका लागी उद्धार उडानको सहायता लिइरहेका छन् । 

उद्धार उडानमा तोकिएको जहाजको भाडा आफैले तिरेर मुलुक फकर्ने ब्यवस्था गरिएको हो । कामदारका रुपमा पुगेका केही नेपालीलाई रोजगार दाता वा गन्तब्य मुलुकले समेत नि:शुल्क काठमाडौं ल्याइदिएका छन् । 

आगामि साउन ६ गते देखि नियमित ब्यवसायिक उडानलाई अनुमति दिने वा उद्धार उडानलाई नै निरन्तरता दिने भन्ने विषयमा सरकारले अवस्थाको थप विश्लेषण पछि मात्रै निर्णय गर्ने जनाएको छ ।    


प्रतिक्रिया