पहिरोमा पुरिएर दुई जना बेपत्ता

श्रावण ५, २०७७ | दार्चुला

दार्चुला नौगाड गाउँपालिका ६ परिगाउामा गएराति पहिरो खस्दा पुरिएर दुई जना वेपत्ता भएका छन् । पहिरोमा ३५ बर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ बर्षीया आरती बेपत्ता भएका हुन् । 

दुवै जनाको स्थानीयवासीले खोजी गरिरहेको स्थानीय फागुनसिंह ठगुन्नाले बताउनुभयो । पहिरोमा परेका चार जनालाई स्थानीयहरुले तत्काल उद्धार गरेका छन् भने पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको छ । अहिले प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

पहिरोले ५ परिवारको घर उच्च जोखिममा रहेको स्थानीयले ठगुन्नाले बताउनुभयो । त्यस्तै महाकाली नगरपालिका ५ धौलीगाड खोलामा बाढी आउदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका ४ लास्कु खोलाले बाटो बगाउदा दुहु र ब्यास जाने बाटो बन्द भएको छ । 


प्रतिक्रिया