पहिरोले घर पुरिदा दम्पत्ति वेपत्ता

श्रावण १३, २०७७ | दार्चुला

दार्चुलाको दुहु गाउँपालिका ३ सल्लेखेतीमा पहिरो खसेर घर पुरिदा एक दम्पत्ति वेपत्ता भएका छन् । विहान पौने ५ बजेतिर माथिबाट खसेको पहिरोले पुरिएर ५० बर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ बर्षीया इन्द्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

उनीहरुको स्थानीय बह्मदेव प्रहरी चौकीबाट खटिएको टोली र स्थानीयले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । घरमा संगै रहेका जोशी दम्पतिका छोरा सुनिल भने भागेर पहिरोबाट जोगिएका छन् । घरमाथि पर्ने दार्चुला तिंकर सडक भत्किएपछि पहिरो खसेको वडाध्यक्ष लालबहादुर बमले जानकारी दिनुभयो । 


प्रतिक्रिया