तरकारीको मुल्य आकाशियो

श्रावण १४, २०७७ | काठमाडौं

मनसुन सक्रियपछि सहज आपुर्ति नहँुदा हरियो तरकारीको मुल्य आकाशिएको छ । कालीमाटि फलफुल तथा तरकारी बजारको मुल्यसूची अनुसार दुई साताको अवधिमा आलु, काउली, बोडी, परवर लगायतका तरकारीको मुल्य चार गुणा सम्मले बृद्धि भएको छ ।

 यस अवधिमा गोलभेडाको थोक मुल्य चार गुणाले बढेको समितिको मुल्यसूचीमा उल्लेख छ । यस्तै, गत साउन २ गते बोडीको थोक मुल्य प्रतिकेजी ३३ रुपैयाँ रहेकोमा अहिले १ सय १० पुगेको छ भने प्रतिकेजी ३८ रुपैयाँमा विक्री भएको घिउ सिमि १ सय ५ रुपैयाँ पुगेको छ । दुई साताको अवधिमा तितो करेलाको मुल्य पनि दोब्बरले बढेको छ । 

 मनसुन सुरु भएपछि राजधानी जोडने सडक अवरुद्ध हुँदा हरियो तरकारीको कम खपत भएकोले मुल्य आकाशिएको समितिका सुचना अधिकृत विनय श्रेष्ठले जानकारी दिनुभयो । यस्तै यो समयमा तरकारीको उत्पादन पनि कम हुदा त्यसको असर मुल्यमा परेको उहाँको भनाई छ । लकडाउन अघि दैनिक ७ सय टन तरकारी कालीमाटी बजारमा खपत हुने गरेकोमा अहिले ५ सय मात्र आएको छ । त्यसमा पनि २५ प्रतिशत भारतबाट आयात हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया