सर्वसाधारणलाई सिंहदरवार प्रवेशमा रोक

श्रावण २१, २०७७ | काठमाडौं

सरकारले सर्वसाधारणलाई सिंहदरवार प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जाखिम बढेको भन्दै सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि जारी गरिने पास तत्कालका लागि रोकिएको बताउनुभयो । 

भेटघाट र भीडभाड व्यवस्थित गरिएको भन्दै कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षा सावधानीका लागि यस्तो निर्णय गरिएको सहप्रवक्ता अधिकारीले बताउनुभयो । 

सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइने उहाँले बताउनुभयो । 


प्रतिक्रिया