उदयपुरमा भदौ ७ गतेसम्म निषेधाज्ञा

श्रावण २८, २०७७ | उदयपुर

जिल्ला प्रशासन कार्यालय उदयपुरले बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको सबै क्षेत्रमा आज बेलुकादेखि निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको सयूक्त बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । आज बेलुकादेखि लागु हुने निषेधाज्ञा भदौ ७ गतेराती सम्म जारी रहने उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । 

स्वास्थ्य, खानेपानी, दुग्ध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक बाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने प्रशासनले जनाएको छ । 

उदयपपुरमा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । १९ उपचारका लागि आइसोलेसनमा छन् भने ८५ निको भएर घर फर्किसकेका छन् । 


प्रतिक्रिया