आइसोलेसन व्यवस्थापन गर्न एक करोड ६० लाख

श्रावण २९, २०७७ | मोरङ

प्रदेश १ सरकारले स्थानीय तह र प्रदेशका विभिन्न जिल्लाका ११ वटा अस्पताललाई आइसोलेसन व्यवस्थापनका लागि १ करोड ६० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रदेश स्तरिय सीसीएमसीको गत आइतबार बसेको बैठकको निर्णय अनुसार स्थानीय तह र प्रदेशका विभिन्न जिल्लाका ११ वटा अस्पताललाई सो बजेट उपलब्ध गराएको हो ।

मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका जिल्ला अस्पताल र स्थानीय तहलाई आइसोलेसन सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध गराएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो । पछिल्लो समय प्रदेशमा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसन व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको हो । 


प्रतिक्रिया