पर्सा र बारामा थप ४९ जनामा कोरोना संक्रमण

श्रावण ३०, २०७७ | पर्सा

कोरोना हटस्पट बन्दै गएको पर्सा र बारामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पिसिआर परीक्षणमा बाराका १९ सहित थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये वाराको जितपुर सिमरा उपमहानगरपालिकाका १९ जना, महतोरीको जलेश्वर र वाराकै विश्रामपुरका एक एक जना छन । पर्साका २६ जना संक्रमित मध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । 

४ जना संक्रमितमा खोकी र ज्वरोको लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । पैसा तिरेर परीक्षण गर्न आएका ६ जनामा पनि कोरोना पुष्टि भएको छ । वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । 

वीरगञ्जकै ग्लोबल आइएमआई बैंकका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको उपाध्यायले जानकारी दिनुभयो । नारायणी अस्पतालको एनआइसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक/एकजना स्टाफमा कोरोना पोजेटिभ देखिएको हो । 

अस्पतालका ३ जना स्वीपर, ३ जना सुरक्षा गार्ड र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिनुभयो । 


प्रतिक्रिया