वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

श्रावण ३१, २०७७

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ७ दिनदेखि नारायणी अस्थाई कोरोना गण्डक अस्पतालमा उपचार गराइरहेका वीरगन्ज मुर्लीका ६० बर्षीय पुरुषको हिजो साँझ ७ बजे मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । 

ती पुरुषमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी कोरोना अस्पताल भर्ना भएका थिए । ती पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसीसका बिरामी थिए । 

साउनयता मात्रै पर्सामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३ पुगेको छ । 


प्रतिक्रिया