७ प्रहरी सहित पर्सामा थप ६६ जनामा कोरोना संक्रमण

भाद्र २, २०७७ | वीरगन्ज

नारायणी अस्पतालको प्रयोगशालमा सोमबार राति गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९ जना वाराका वासिन्दा हुन् । 

नारायणी अस्पतालका चिकित्सक डा.निरज कुमार सिंहका अनुसार १७ महिला सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६६ जना संक्रमित मध्ये २५ जना पर्साको बहुदरमाई नगरपालिकाका वासिन्दा हुन् । 

बहुदरमाई नगरपालिका– ४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन् । कन्ट्याक्ट ट्रेसिङको क्रममा गत साउन ३० मा बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरि सातजना प्रहरीमा पनि कोरोना पोजेटिभ देखिएको प्रहरी नाउव उपरिक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । यसैगरी वीरगन्ज महानगरपालिका– १० मुर्ती चौकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगन्जको छपकैयामा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । वाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढ ७ मा एक र कलैया ६ मा एकजना संक्रमित थपिएका छन् । 


प्रतिक्रिया