पर्सामा थप ११७ जनामा कोरोना

भाद्र ३, २०७७ | वीरगन्ज

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा थप १ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । ४ जना संक्रमित वारा र एक जना सप्तरीका छन् ।

 नारायणी अस्पतालका चिकित्सक डा.निरज कुमार सिंहका अनुसार नारायणीको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ३५ महिला सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ सय १७ संक्रमित मध्ये ८९ जना पर्साको बहुदरमाई नगरपालिकाका वासिन्दा हुन् । 

गत साउन ३१ मा बैरिया विर्ता र भौराटारमा स्वाब संकलन गरिएको थियो । बहुदरमाई नगरपालिका– ५ भौराटारमा मात्र ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरि नगरपालिकाको वडा २ वैरिया विर्ता पिप्रा मा २० जना, नगरदाहामा ४ र गम्हरीयामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जिराभवानी गाउँपालिकामा थप ४ जना र छिपहरमाईमा एकजनामा कोरोना पोजेटिभ देखिएको छ । 

श्री चन्दन गण वाराका चारजना स्टाफमा पनि संक्रमण देखिएको छ । वीरगन्ज महानगरपालिकाको नगवा, घडीअर्वा, छपकैया, ताजपुर, बहुअरी, गण्डक, चन्डाल चौक, भिस्वा, रेश्मकोठी, मुर्लीमा पनि संक्रमित थपिएका छन् । 


प्रतिक्रिया