संक्रमित गर्भवतीको नारायणी अस्पतालमा मृत्यु

भाद्र ११, २०७७ | वीरगन्ज

 बाराको एक कोरोना संक्रमित गर्भवती महिलाको बिहीबार विहान नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको हर्दिया निवासी २३ वर्षीय महिलाको मृत्यु भएको हो । 

ती महिला ३३ हप्ताको गर्भवती थिइन् । ज्वरो र स्वास प्रस्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । 

अस्पतालका प्रवक्ताका अनुसार उच्च रक्तचाप समेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा बिहीबार विहान साढे ६ बजेको समयमा उनको मृत्यु भएको डा.चौरसियाले बताउनुभयो । 


प्रतिक्रिया