मृगौला बिरामी सहित पर्साका थप दुई कोरोना संक्रमितको मृत्यु

भाद्र ११, २०७७ | वीरगन्ज

एकजना मृगौला विरामी सहित पर्साका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– १४ बहुअरीका ६२ बर्षीय मृगौला विरामी पुरुषको विहीबार विहान ८ बजेर १० मिनेटमा नारायणी अस्थाई वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । 

चिकित्सकका अनुसार कोरोना अस्पतालमै उनको नियमित डायलसिस समेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए । यसैगरि बुधवार साँझ साढे ६ बजेको समयमा नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका– ३ गुलरिया निवासी ७२ बर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाए ।


प्रतिक्रिया