वीरगन्जमा प्रहरी निरीक्षक सहित ५० जनामा कोरोना

भाद्र १३, २०७७ | पर्सा

पर्सामा एक प्रहरी निरीक्षक सहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षक सहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्त डा.अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित मध्ये पर्साका ३१ र वाराका ८, धनुषाका ४ जना, महोत्तरी ३ जना, सर्लाहीमा दुईजना तथा काठमाडौँ र रौतहटका १/१ जना छन् । संक्रमितमा १५ देखि ५६ बर्ष उमेर समुहका रहेको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो । १० जनामा कन्टयाक्ट ट्रेसिङको क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरिक्षक मनोजित कुँवरका अनुसार वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यहाँको एक नीजि अस्पतलामा कार्यारत थप एक चिकित्सकमा समेत कोरोना देखिएको छ ।

पर्साको पोखरिया नगरपालिका–३ मा ६ जना र वडा ४ मा चारजना कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाको भेडियारीमामा ३ जना संक्रमित थपिएका छन् । वीरगन्ज महानगरपालिका– १४ पिप्रामा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको मुर्ली, नगवा, भिस्वा, विर्तामा पनि संक्रमित थपिएका छन् । 


प्रतिक्रिया