बाराका एक संक्रमित वृद्धको मृत्यु

भाद्र १७, २०७७ | पर्सा

पर्साको वीरगञ्जस्थित नारायणी अस्थाई गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । 

बारा सिम्रौनगढ नगरपालिका– ९ का ९७ वर्षीय पुरुषको गएराति एक बजे मृत्यु भएको डा.निरज कुमार सिंहले बताउनुभयो । 

मुटु रोग र उच्च रक्तचाप रहेका वृद्धको शरीरमा सोडियमको मात्र कमी रहेको डा.सिंहले बताउनुभयो । वीरगन्जकै तराई हस्पिटलबाट गत आइतबार ती वृद्ध नारायणीमा रिफर लगिएको थियो ।   


प्रतिक्रिया