दाउन्ने सडक खण्डमा दुइतर्फी यातायात सञ्चालन
असार २३, २०८२ | नवलपरासी
महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने सडक खण्डमा विना अवरोध यातायातका साधन सञ्चालनमा आएका छन् । वर्षा रोकिएसँगै सडक क्षेत्रको हिलो सुकेपछि दुईतर्फी नै यातायात सञ्चालन भएको हो ।
राजमार्गकोे हिलो सुकेपछि दाउन्नेको विश्वकर्मा मन्दिर नजिकमा गाडि फस्ने समस्या हटेको छ । राजमार्ग सुख्खा भएर गाडि नफसेका कारण दाउन्नेमा सोमवार बिहानैदेखि दुई तर्फी नै यातायात सञ्चालन भैरहेको प्रहरीले जनाएको छ ।
राजमार्ग स्तरोन्नतीको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले राजमार्ग सुख्खा भएर काम गर्न सहज हुदाँसमेत मर्मतको काम भने गरेको छैन । सडक सुख्खा भएका कारण त्यहाँ ग्राइभेल लैजान र सम्याउन सजिलो भएपनि ठेकेदारले सडक सम्याउने र नाला निर्माणगर्ने काम भने गरेको छैन ।








