पर्सा, वारा र रौतहटमा थप १ सय १० जनामा कोरोना

भाद्र १८, २०७७ | पर्सा

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय ७६ जनाको स्वाब परीक्षण गर्दा डेढ बषदेखि ८० वर्षसम्मका १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । संक्रमति मध्ये ६९ जना पर्साका, २४ जना वाराका र १७ जना रौतहटका हुन् । 


प्रतिक्रिया