पहिरोले १० घर बगायो

भाद्र २३, २०७७ | दोलखा

अविरल बर्षासँगै आएको बाढी र पहिरोले दोलखाको कालिञ्चोक र विगू गाउँपालिकाका १० भन्दा बढि घर बगाएको छ । कालिञ्चोक गाउँपालिका—५ लापिलाङमा ६ घर बगाएको भने धेरै घरमा क्षति पुर्‍याएको छ ।

बाढी र पहिराले घर बगाउन थालेपछि स्थानीय त्यहाँबाट भागेर सुरक्षित स्थानमा पुगेको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो । बाढीले धेरै घरहरु बगाएको भएपनि यकिन संख्या आईनसकेको उहाँले वताउनुभयो । गएरातीदेखिको निरन्तरको वर्षाका कारण सो क्षेत्रमा उद्धार हुन सकेको छैन ।

 लापिलाङकै अन्य क्षेत्रमा समेत पहिराले घर बगाएको गाउँपालिकाका अध्यक्ष थामीले जानकारी दिनुभयो । यस्तै विगू गाउँपालिका—२ आरोङमा पहिरो आधा दर्जन घर बगाएको स्थानीयले बताएका छन । 


प्रतिक्रिया