वीरगन्जमा २ सय ९० जनाको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि

भाद्र २४, २०७७ | पर्सा

पर्सामा थप ३७ जनामा कोरोान संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको २ सय ९० जनाको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित मध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जना छन् । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ९ महिला सहित ४ वर्ष देखि ६७ बर्षका ३७ जनामा कोरोना पुष्टि भएको हो । रौतहटका सबै २२ जना संक्रमित दुर्गा भगवती गाउँपालिकाको एउटै वडाका वासिन्दा हुन् ।

वाराको कोल्भीका ३ तथा कलैया उपमहानगरपालिकाका २ जनामा कोरोना देखिएको हो । रामपुर टोकनी, वारागढी गाउँपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा समेत एक/एक जनामा संक्रमण पुष्टि भएको छ । 

पर्साको वीरगन्ज महानगरपालिकाका ४ र पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एकजनामा कोरोना पोजेटिभ देखिएको छ । 


प्रतिक्रिया