झापाका संक्रमित वृद्धको मृत्यु

आश्विन ७, २०७७ | विराटनगर

कोरोना सक्रमणका कारण मोरङमा एक जनाको मृत्यु भएको छ । बिराटनगरस्थित बिराट शिक्षण अस्पातालमा उपचारको क्रममा झापाको भद्रपुर ८ निवासी ८६ वर्षीय बृद्धको मृत्यु भएको हो । 

अस्पातालको आईसोलेशनमा रहेका उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको थियो । 

परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ती वृद्धमा मधुमेह र मिर्गौला सम्बन्धी समस्या पनि रहेका अस्पताले जनाएको छ । उनीसहित प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म ५७ जना संक्रमितको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया