पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरिबाट ७ सय १३ वटा आयोजनाका आवेदन

आश्विन ९, २०७७ | काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरिबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् ।

 स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी मन्त्रालयले गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रमहरुको माग गरेको थियो ।प्रदेशहरुबाट १० वटा, महानगरपालिकाहरुबाट ९, उप–महानगरपालिकाहरुबाट १०, नगरपालिकाहरुबाट ३ सय ७ र गाउापालिकाहरुवाट ३ सय ७७ गरी ७ सय १३ वटाले मन्त्रालयमा कार्यक्रम प्रस्ताव गरेका हुन् । 

गाउँपलिकाले योजना कुल लागतको ३० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत, उपमहानगरपालिकाले ४० प्रतिशत, महानगरपालिका र प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने गरि साझेदारी कार्यक्रम आह्वान गरिएको हो । ७ सय १३ वटा योजनाका लागि ३३ अर्ब १ करोड ८१ लाख ३५ हजार कुल लागत माग भएको छ । जसमा प्रदेश र स्थानीय तहले करिब १२ अर्ब लागत व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । साझेदारीमा सञ्चालन गरिने त्यस्ता कार्यक्रमका लागि प्रति कार्यक्रम प्रदेशलाई तीस करोड, महानगरपालिकालाई १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिका लाई ७ करोड र गाउँपालिकालाई ५ करोडसम्म दिइनेछ ।  


प्रतिक्रिया