संस्कृत विश्वविद्यालय र कृषि क्याम्पसमा उपकुलपति नियुक्त गर्न नेकपा अध्यक्षद्वयबीच सहमति

आश्विन ९, २०७७ | काठमाडौं

सत्तारुढ नेकपाका अध्यक्षद्धयबीच दाङको नेपाल संस्कृत विश्वविद्यालय र चितवनको कृषि क्याम्पसमा उपकुलपति नियूक्त गर्ने सहमति जुटेको छ । काठमाडौं वालुवाटारमा आज भएको छलफलमा दुबै विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्ने सहमति जुटेको हो । 

कृषि क्याम्पसमा डा. पुण्य रेग्मी र संस्कृत विश्वविद्यालयमा यादव लामिछानेलाई नियुक्त गर्ने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । दलीय सहमति हुन नसक्दा विभिन्न विश्वविद्यालयका उप–कुलपतिसहित ४० बढी पदमा राजनीतिक नियुक्ति हुन सकेको छैन । नेकपााको सचिवालय बैठकले राजनीतिक र संवैधानिक नियुक्ति गर्न सरकारलाई बाटो खुल्ला गरेसँगै सहमतिका लागि अध्यक्षद्धय छलफलमा जुटेका हुन् । 


प्रतिक्रिया