पाल्पा पहिरो : बेपत्ता मध्ये तीन बालिका मृत भेटिए

आश्विन ९, २०७७ | पाल्पा

पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा हिजो बिहान झरेको पहिरोमा परि बेपत्ता भएका पाँच जनामध्ये तीन बालिका मृत भेटिएका छन् । १७ वर्षीया कृष्णामाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीय खुमीसरा गाहाको शब फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताउनुभयो । पहिरोमा पुरिएर ६३ बर्षिय हुमबहादुर गाहा र ४७ वर्षिया धनी सराको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा खोजी जारी राखेका छन् ।

निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज बिहान बाट मात्रै बेपत्ताहरुको खोजी शुरु भएको हो । उद्धार गर्न गएको टोली नै बीच बाटोमा रोकिएको थियो । आज वर्षा रोकिएकाले हिडेरै उद्धार टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । ताँहुबाट फोक्सिङकोट जाने सडकमा खसेको पहिरो पन्छाउन भने अझै सकिएको छैन । दुई घण्टा हिँडेर टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया