पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु

आश्विन ९, २०७७ | काठमाडौं

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस बिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले ६ जनाको ज्यान गएको जानकारी दिनुभएको थियो तर सो पछि बुटवलमा एक पुरुषको मृत्यु पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षिया महिला, कपिलवस्तुका ७० वर्षिय महिला,सप्तरीका ७० वर्षिय पुरुष, मोरङका ६० वर्षिया महिला र ५५ वर्षिय पुरुष र ललितपूरका ५१ वर्षिय पुरुष छन् ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बुटवल १० का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । हिजो भर्ना भएका उनमा आज बिहान मात्रै कोरोना पोजेटिभ देखिएको थियो । योसँगै मृत्यु हुनेको संख्या ४ सय ६० पुगेको छ । 


प्रतिक्रिया