आइतबार थप २ हजार ८५६ जनामा कोरोना पुष्टि

कार्तिक ९, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङक अनुसार एक हजार ७ सय ८९ पुरुष र एक हजार ६७ महिला गरी थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ सय २९ महिला र ९ सय ६ जना पुरुष गरी १ हजार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको हो । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा रहने संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ । 

हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया