पछिल्लो २४ घण्टामा ५७० जना संक्रमित थपिए, १४ जनाको मृत्यु

कार्तिक ११, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४ सय पुगेको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएकोमा ३ सय ५९ पुरुष र २११ महिलामा संक्रमण देखिएको हो । 

काठमाडौं उपत्यकामा ९७ महिला र १ सय ५५ जना पुरुष गरी २ सय ५२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय २५ जना, भक्तपुर ४ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।


प्रतिक्रिया