बिहिबार थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक १३, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा आज थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६ सय १५ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना नयाा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो संगै निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९ सय ५२ छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७ सय ६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६ सय ८९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । 


प्रतिक्रिया