चन्द समुहका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा गोली हानाहान

मंसिर १, २०७७ | संखुवासभा

संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । दुबै तर्फ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

गस्तीमा रहेको प्रहरी टोलीलाई चन्द समूहका कार्यकर्ताले विद्युतिय धराप थापेका थिए । चैनपुरको मैदाने भन्ने स्थानमा विहान ११ बजेतिर चन्द समूहले विछ्याएको धराप विस्फोट भएपछि प्रहरीले फायरिङ खोलेको थियो । प्रहरीले ८ राउन्ड फायर गरेको संखुवासभाका डिएसपी नवराज मल्लले बताउनुभयो । 

प्रहरीको नियमित गस्तीमाथि चन्द कार्यकर्ताले नियोजित ढंगमा विद्युतिय धराप थापी गोली प्रहार गरेको डिएसपी मल्लले बताउनुभयो । प्रहरीले जवाफी फायरिङ खोलेपछि चन्द कार्यकर्ता भागेको प्रहरीको दावी छ । प्रहरी र चन्द कार्यकर्ता बीच दोहोरो गोली हानाहान भएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

घटनास्थल मैदानेमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको हो । 


प्रतिक्रिया