लागूऔषध सहित रुपन्देहीबाट दुई पक्राउ

जेष्ठ १, २०८१ | तिलोत्तमा

रुपन्देहीको सिद्धार्थनगरबाट लागूऔषध कारोबारी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा २६ वर्षीया मञ्जु गुप्तालाई चरेस लगायतका प्रतिबिन्धत लागूऔषध सहित प्रहरीले पक्राउ परेको हो । 

सिद्धार्थनगर–१ बेलहियामा लागूऔषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले गुप्तालाई पक्राउ गरेको हो । 

उनको घर कोठा तलासी गर्दा लुकाई राखेको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । गुप्ताको साथबाट चरेस १ किलो ७५० ग्राम, फेनारागन १४१ एम्पुल, आईपीपीएल १३६ एम्पुल, डाइजोपाम १४१ एम्पुल, स्पास्मो १७० क्याप्सुल र कोरेक्स २ बोतल बरामद भएको हो ।

त्यस्तै, सिद्धार्थनगर–१, बेलहियाबाट स्थानीय ४६ वर्षीया विजय गुप्ता पनि लागूऔषध सहित पक्राउ परेका छन् । 

उनको साथबाट फेनारागन ८९ एम्पुल, आईपीपीएल १८९ एम्पुल, डाइजोपाम ७० एम्पुल, स्पास्मो ३१७ क्याप्सुल र नाइट्रोभेट ३४ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबै जनालाई रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया