धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

जेष्ठ १, २०८१ | धनकुटा

धनकुटाको साँगुरीगढी–६ स्थित चारखोलेमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

दुर्घटनामा धरान उपमहानगरपालिका–१७ घर भई चारखोलेमा बस्दै आएका नरेश विश्वकर्माका १० वर्षीय छोरा सुशानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको प्रदेश १–२०–००१ ख ८१३४ नम्बरको टिपरले बिहान पौने ९ बजेतिर सडक छेउमा रहेका बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

विश्वकर्माको घटनास्थलमा नै मृत्यु भएको हो । टिपरका चालक सरोज सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया