कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु

जेष्ठ १, २०८१ | धनगढी

कैलालीको लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय नम्बर एम्बुलेन्स दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुुर्घटनामा परि बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्युु भएको हो । 

अत्तरियास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय अनुसार परियार भारतको हल्द्धवानीमा उपचार गरी भारतीय एम्बुलेन्समा घर फर्किदै गरेको अवस्थामा दुर्घटना परेकी हुन् । एम्बुलेन्स अनियन्त्रित भएर दुुर्घटना भएको हो । 

एम्बुलेन्समा रहेका अन्य पाँच जना भने सकुशल रहेका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया