४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन सरकारको निर्देशन

मंसिर ७, २०७७ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण काठमाडौस्थित गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । परीक्षणका क्रममा नेगेटिभ आएको रिपोर्टको हकमा एक महिनासम्म र पोजेटिभ आएको नमुना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले को बैठकले स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैबीच मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा द्वारा जारी भएका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ । आईसीएस बैठकले स्वाब संकलन गर्दा परिचयपत्र अनिवार्य रुपमा हेर्न निर्देशन दिएको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा सोही प्रकारका अन्य प्रणाली लागू गर्न, विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्रै गर्न र सबै प्रयोगशालाले आन्तरिक गुणस्तर कन्ट्रोलको प्रोटोकल बनाई कडाईका साथ लागू गर्न समेत निर्देशन दिइएको प्रवक्ता गौतमले बताउनुभयो ।

यस्तै विदेशबाट स्थल मार्ग र हवाई मार्गबाट आउनेको हकमा यसअघिका सबै मौजूदा प्रावधान खारेज गर्दै अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न र लक्षण देखिए पीसीआर परीक्षण गराउन कोरोना संकट व्यवस्थापन केन्द्रलाई समेत मन्त्रालयले निर्देशन दिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।   


प्रतिक्रिया