गृहजिल्ला बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

मंसिर १०, २०७७ | रुपन्देही

रुपन्देहीको बुटवलमा नेपाली कांग्रेसका भ्रातृ संगठनले अर्थमन्त्री एवं सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएको छ । 

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसंग साटेको भन्दै तरुण दल र नेपाल विद्यार्थी संघले बुटवलको नेपालगञ्जरोडमा अर्थमन्त्री पौडेललाई कालोझण्डा देखाएका हुन् । सडकमा ठुलो संख्यामा रहेका तरुण दल र नेबिसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । 

हिजोदेखि बुटवलका बिभिन्न कार्यक्रममा सहभागी अर्थमन्त्री पौडेल बिहान बुटवलबाट सैनामैना नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुन जादै हुनुहुन्थ्यो । 

प्रदेशको राजधानी सार्दा मौन बसेको र विकासका काम चुनावी प्रचारमा मात्र सिमित राखेकाले कालो झण्डा देखाईएको कांग्रेस कार्यकर्ता मुक्तीराम पौडेलले बताए । पौडेल भने कालो झण्डा देखाउनेलाई सुरक्षाकर्मीबाट कुनै अवरोध नगर्न आग्रह गरेर हात हल्लाउदै जानुभएको थियो । 


प्रतिक्रिया