अविस्वासको प्रस्ताव टेवुल भएपछि मात्रै निर्णय गर्ने कंग्रेसको निर्णय

माघ ६, २०७७ | विराटनगर

कांग्रेस प्रदेश १को संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव टेवुल भए पछि मात्रै कुन पक्षमा बस्ने निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

 प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईबिरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दत्र्ता गराएको अबस्थामा भोलि बस्न लागेको प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलको बैठकले यो निष्कर्ष निकालेको हो । 

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अहिले प्रदेशसभामा अविश्वासको प्रस्ताव दत्र्ता मात्रै भएको र त्यो फिर्ता लिनसक्ने पनि अबस्था रहेकाले कांग्रेसले पर्ख र हेरको नीति लिएको बताउनुभयो । कांग्रेस अनिर्णयको बन्दी भएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा कार्कीले कांग्रेसलाई सरकारमा जाने हतारो नभएकाले परिस्थितिलाई हेरेर जनतालाई न्याय हुने गरी जनताको पक्षमाको कांग्रेसले निर्णय लिने बताउनुभयो । 


प्रतिक्रिया