मेरा भाइहरुले जितको लड्डु खाएछन्, के जिते र के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली

फाल्गुन १२, २०७७ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला सामान्य प्रक्रिया मात्रै भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला सामान्य प्रक्रिया मात्रै भएकोले त्यसबाट आफू कहिले पनि विचलित नहुने र आफ्ना योजनामा त्यसको कुनै असर नपर्ने बताउनुभयो । दाहाल –नेपाल समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले जितको उत्सव मनाउनेले त्यसबाट के प्राप्त भयो भन्ने हेक्का राख्नुपर्ने तर्क गर्नुभयो ।

 उहाँले भन्नुभयो, ’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

जस्तोसुकै अवस्थामा पनि आफू विचलित नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकार योजनाबद्ध तरिकाले अघि बढेको जिकिर गर्नुभयो । मुलुकमा जारी पछिल्लो अवस्थाले कही कतै विचलित हुनुपर्ने अवस्था नहरेको ओलीको भनाई थियो ।  उहाँले भन्नुभयो. ‘हामी हिँड्दै जाउँ जहाँ पुगिएला भनेर सरकार चलाइरहेका छैनौं । हामी गन्तव्य तोक्छौँ । कहाँ पुग्ने भनि लक्ष्य तोक्छौं’,

सरकारले गरेका कामले केही समूह आत्तिरहेको अवस्थामा आगामी वर्षैबाटै दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेको उहाँको भनाई थियो । 


प्रतिक्रिया