४ लाख २९ हजार ७ सय ५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाए

फाल्गुन १२, २०७७ | काठमाडौं

नेपालमा कुल ४ लाख २९ हजार ७ सय ५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म विभिन्न १ सय ८६ खोप केन्द्रबाट सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८ सय ६५ जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कारागारका कर्मचारी, कैदी र एम्बुलेन्स तथा शव वाहन चालकलाई खोपको प्राथमिकतामा राखेको थियो ।यस्तै पहिलो प्राथमिकताको पहिलो चरणमा थप गरिएको माघ २६ देखि ३० गतेसम्मको अवधिमा काठमाडौं उपत्यकाभित्रका कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४ सय ८० जनाले खोप लगाएका थिए । 

यस्तै पहिलो चरणको दोस्रो प्राथमिकतामा विभिन्न २ सय २२ खोप केन्द्रबाट फागुन २ देखि १० गतेसम्म सातै प्रदेशका नापी, जिल्ला प्रशासन कार्यालय लगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका विभाग महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १ दशमलव ४ प्रतिशतले खोप लगाइसकेका छन् ।   


प्रतिक्रिया