कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपियो

फाल्गुन १२, २०७७ | काठमाडौं

सरकारले कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएसको छानबिन समितिको प्रतिवेदन अनुसार एक वर्षभित्र कोरोनाबाट मृत्यु हुने ६ सय १८ जनाको संख्या अद्यावधिक गरिएको जानकारी दिनुभयो ।

डा. गौतमले घरमा मृत्यु भएकाको पीसीआर रिपोर्ट पोजिटिभ भएको, कतिपयमा कोरोनाको लक्षण देखिएकाले पनि मृतकको संख्या थपिन गएको र भविष्यमा मृतकको संख्या थपघट हुन सक्ने बताउनुभयो । ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७१ जना संक्रणमुक्त भएका छन् ।


प्रतिक्रिया