नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप

फाल्गुन १३, २०७७ | काठमाडौं

अनाधिकृत रुपमा बर्डस्–३ स्याटेलाइट सम्बन्धी अनुसन्धान कृति बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक)ले पत्रचार गरेको छ । 

बर्डस्–३ मिसन अन्तर्गत अन्तरिक्षमा छाडिएको नेपालको पहिलो स्याटेलाइट ’नेपाली स्याट–१’ सम्बन्धी ’कन्फ्रेन्स पेपर’ नास्टका प्राविधिक अधिकृत रोशन पाण्डेले अनाधिकृत रुपमा छापेको क्युटेकको दाबी छ । क्युटेकले उपकूलपति सुनिलबाबु श्रेष्ठलाई सम्बोधन गर्दैं दोस्रो पत्र पठाएको हो । 

क्युटेक विश्वविद्यालयका प्राध्यापक एवं ल्याबोरेटरी अफ लिन स्याटेलाइट इन्टरप्राइजेज एन्ड इन–अर्बिट एक्सपेरिमेन्ट्सका प्रमुख डा. मेङ्ंगु चो ले उपकुलपति श्रेष्ठलाई पाण्डेले तयार गरेको कार्यपत्र चोरी गरेर अवैधानिक र अनाधिकृत रुपमा रिसर्च गेट अनलाइनमा राखिएको उल्लेख छ । सो कार्यपत्र नहटाएको र नास्टले पाण्डेलाई कारबाही नगरेको भन्दै प्राध्यापक चोले नास्टका उपकूलपतिलाई पत्र लेखेका हुन् । 


प्रतिक्रिया