सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्ति

चैत्र २७, २०७७ | काठमाडौं

सांसद पद खारेज भएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले साँझ ५ बजे राष्ट्रपतिबाट सपथ लिने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आजै शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आज साँझ ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिनुभयो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकामे सावि कै अवस्थामा फर्किका थिए । पुरानै पार्टी ब्युँतिएपनि सबै नेता आ–आफ्ना पुरानै पार्टीमा फर्किका थिए । 

तर भट्ट, रायमाझी, साह र चौधरी एमालेमा बसेका थिए । चारै जनाले पार्टी परित्याग गरेको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा पत्र पठाएको थियो । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको हिजाको बैठकमा सो पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । सो लगत्तै चारै जना सांसद र मन्त्री दुबै पदबाट मुक्त भएका थिए । सांसदपद मुक्त भएपनि संवैधानिक व्यवस्था अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले चारै जनालाई आफ्नो मन्त्रीमण्डलमा पुन नियुक्त गर्नु लाग्नुभएको हो । मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार अबको ६ महिना मन्त्री बन्न पाउनेछन् ।


प्रतिक्रिया