पत्रकार महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित

चैत्र २८, २०७७ | काठमाडौं

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनुभएको छ । आज अपराह्न सकिएको मतगणनाबाट पोख्रेल नेतृत्वको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल विजयी बनेको हो । 

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित हुनुभएको छ । महासचिवमा भने रोशन पुरी विजय बन्नुभएको छ । 

सचिव खुलामा गोविन्द्रप्रसाद चौलागाई, महिलामा सिर्जना अर्याल, आदिवासी जनजातितर्फ नारायण सुन्दर किलम्बू, मधेसीतर्फ दीपेन्द्र चौहान, दलिततर्फ हेमकर्ण विक, एशोसिएटमा पवन आचार्य निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने चयन हुनुभएको छ ।


प्रतिक्रिया