पछिल्लो २४ घण्टामा ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

चैत्र २८, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ पीसीआर परिक्षणका क्रममा ३ सय ३७ जनामा र एन्टिजेन परिक्षणका क्रममा २६ जनामा संक्रमण पुष्टि भएको हो । 

आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । मुलुकभर ८४ जना क्वारेन्टाइनमा र २ हजार ८ सय जना आइसोलेसनमा रहेका छन । पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कुल २ हजार ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणक कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच शनिबारसम्म बेलैहया हेल्थ डेस्क, रुपन्देहीमा ४१ वटा परीक्षणमा १ वटा पोजिटिभ केस भेटिएको छ । इनरुवा हेल्थ डेस्क, पर्सामा गरिएको ८२ परीक्षणमा २ वटा पोजिटिभ केश भेटिएको छ भने जमुनाहा हेल्थ डेस्क, बाँकेमा ९९ परीक्षणमा ६ वटा पोजिटिभ केश फेला परेका छन् ।

 कृष्णनगर हेल्थ डेस्क, कपिलवस्तुमा ५६ परीक्षणमा भने कुनै पनि पोजिटिभ केश भेटिएका छैनन् । सबैभन्दा बढी त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ६ हजार २ सय ६१ परीक्षणमा ३ सय १५ केश भेटिएका छन् भने गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा १ हजार ४ सय ९५ परीक्षणमा २६ पोजिटिभ केश फेला परेको देखिन्छ । 

तथ्यांकअनुसार विभिन्न नाकामा गरिएको ८ हजार ४२ परीक्षणमा ३ सय ५० एन्टिजेन परीक्षण पोजिटिभ भेटिएका छन् ।


प्रतिक्रिया