केही दिनभित्र नयाँ सरकार गठन हुन्छ : दाहाल

चैत्र २८, २०७७ | काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी गर्नु भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको अगुवाइमा तीन दलको बैठक बसेको एक दिनपछि आज दाहालको यस्तो प्रतिक्रिया आएको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष दाहालले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताउनु भएको हो ।

 कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो सरकार गठनका विषयमा माओवादी र जनता समाजवादी पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्नु भएको थियो । सोही विषयलाई दाहालले आजको अभिव्यक्तिमा केही दिनभित्र सरकार गठन हुने दाबी गर्नु भएको हो । एमाले र माओवादी केन्द्र ब्युाताएकोमा पनि दाहालले आपत्ति जनाउनुभयो ।

 उहाँले विचार, धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गरिएकाले पुनर्मिलन गराउन चाहेको उल्लेख गर्नुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र नियमा विपरीत काम गरिरहेको पनि दाहालको भनाई थियो । 


प्रतिक्रिया