संसदीय समितिमा हेरफेर

चैत्र ३०, २०७७ | काठमाडौं

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति र विषयगत समितिका सदस्य हेरफेर गर्नुभएको छ । दलहरुको आग्रहमा सभामुख सापकोटाले विषयगत समितिका सदस्य हेरफेर गर्नुभएको हो । 

संसदीय सुनुवाई समितिमा भने एमालेको आग्रह अनुसार फेरबदल हुन सकेन । कार्यव्यवस्था परामर्श समितिमा एमालेबाट खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई राखिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका तीन/तीन र जनता समाजवादी पार्टीका दुई गरी १४ जना छन् । 

अर्थ समितिमा घनश्याम भुषाल, मोतिलाल दुगड, विनोद चौधरी र वर्षमान पुनलाई राखिएको छ । कृष्णबहादुर महरा, पुष्पा कुमारी कर्ण र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा, रामेश्वर राय यादव, सन्त कुमार थारुलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ । 

शक्ति बहादुर बस्नेतलाई कृषि सहकारी तथा प्राकृतिक समितिमा, जानकी देवी राम, दुर्गा कुमारी विश्वकर्मा र सुवर्ण ज्वारचनलाई महिला तथा सामाजिक समितिमा, मोहन प्रसाद पाण्डे, महेश बस्नेत, खेम प्रसाद लोहनी, दामोदर भण्डारीलाई राज्य व्यवस्था समितिमा र बिना मगर र गजेन्द्र बहादुरलाई विकास तथा प्रविधि समितिमा राखिएको हो । 

गिरिराजमणि पोखरेल र योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा, गोकुल बाँस्कोटा, पम्फा भुषाल र राजेन्द्र प्रसाद गौतललाई सार्वजनिक लेखा समितिमा, चुडामणि खड्कालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, विनादेवी बुढाथोकीलाई कानून न्याय तथा मानव अधिकार समितिमा राखिएको छ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको सुनुवाई जारी रहेकाले संसदीय सुनुवाई समितिमा भने सदस्य फेरबदल भएको छैन । 


प्रतिक्रिया